विराटनगर, जेठ १३ । प्रदेश नम्बर–१ को सरकारले आगामी असार १ गते प्रदेशको बजेट प्रस्तुत् गर्ने तयारी गरेको छ ।
त्यसका लागि प्रदेशसभाको चौथो तथा वर्षे अधिवेशन सोमबारदेखि विराटनगरमा सुरु भएको छ ।
वर्षे अधिवेशनको पहिलो दिन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्बोले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताकासम्बन्धी बजेटको प्रस्ताव टेबल गरे ।
उनले बजेटमा सरकारको प्रमुख प्राथमिकतामा सुशासन, आर्थिक विकास, प्रदेश गौरवको योजना, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र ग्रामीण सडक निर्माणलगायत विषयलाई उच्च प्राथमिकतामा राखेको बताए ।
मन्त्री आङ्म्बोले कृषि यान्त्रीकरण खरिदमा कृषकहरुलाइ विशेष अनुदान दिने, जमिनको खन्डीकरण गर्ने, विराटनगर चक्रपथको निर्माणलाई तीव्रता दिनेलगायतका कार्यक्रमहरु समावेश गरिने जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्