२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


निर्माणाधीन लोत्से मलमा बम, सेनाद्वारा ‘डिस्पोज’


0
Shares

काठमाडौं, जेठ १३ । काठमाडौंलगायत विभिन्न जिल्लामा फेलापरेका शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले नस्ट गरेको छ ।

सोमबार बिहान ललितपुरको हात्तीवनमा राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोली निस्क्रिय पारेको छ ।

नयाँपार्कस्थित निर्माणाधीन लोत्से मल भवनको दोस्रो तलामा राखिएको बम सेनाले सोमबार ‘डिस्पोज’ गरेको छ ।

उक्त भवनमा आइतबार राति करिब ८ बजे अपरिचित व्यक्तिहरुले बोराभित्र प्रेसरकुकर बम राखेर छाडेको सीसीटीभी फुटेजबाट खुल्न आएको प्रहरीले जनाएको छ ।