३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


कोरोना संक्रमणका कारण ४५ दिने शिशुको मृत्यु


0
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण एक नाबालक शिशुको मृत्यु भएको छ । म्याग्दीका ४५ दिने शिशुको घाँटीमा समस्या देखिएपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

योसँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । घाँटीको शल्यक्रिया गर्दा संकलन गरिएको नमूना परीक्षणबाट मंगलबार ती शिशुमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकले शिशुको सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया गरेका थिए।