१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


नेकपा स्थायी कमिटीको बैठक आज पनि, दाहाल र नेपाल निकट स्थायी समिति सदस्यहरूको छुट्टै भेला


0
Shares

NCP standing comittee meeting

काठमाडौं । नेकपा स्थायी कमिटीको वैठक आज पनि प्रधानमन्त्री निवास वालुवाटारमा वस्दैछ । आज वस्न लागेको वैठकमा रणनीति तय गर्नका लागि अध्यक्ष पुष्पकमल दाहालले आज बिहान स्थायी कमिटिका सबै सदस्यलाई आफ्नो निवास खुमलटार बोलाउनु भएको छ ।

बुधबार बेलुका नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी कमिटी सदस्यहरू ललितपुरको एक होटलमा भेला भएर आफ्नो तर्फको रणनीति बनाएका थिए । वैठकमा उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा लगायत भेलामा उपस्थित हुनुहुन्थ्यो ।

यसअघि हिजो बसेको स्थायी समिति वैठकमा बोल्ने नेताहरुले पनि प्रधानमन्त्री ओलीले पद त्याग गरेर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका थिए । सत्तारुढ दल नेकपाको स्थायी समिति वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुपर्ने विषय पेचिलो बनिरहेको बेला दुवै पक्ष रणनीति बनाउन जुटेका हुन् ।