
प्रकाश लम्साल
बारा । विभिन्न स्थानमा वर्षा संगै परेको चट्याङ लागेर विहिबार विहान चार महिलाको मृत्यु भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार चट्याङ लागरे अन्य पाँचजना घाइते भएका छन् ।
बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकामा खेतमा धान रोपीरहेका महिलाहरुको चट्याङ लागेर मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभयो । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-१२ शितलपुरकी ३५ वर्षिय आशादेवी महतो, ४५ वर्षिय हलिमा खातुन, फेटा गाउँपालिका-१ की ३० वर्षिय इन्दुदेवी महतो र ४० वर्षिय सुनारपतीदेवी महतो रहेका छन् ।
उनीहरु चारैजनाको घटनास्थलमै मृत्यु भएको हो । चटयाङ लागेर घाइते भएका फेटा गाउँपालिकाका १० जनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ भने एक जनाको अवस्था गम्भिर छ । मृतकको शव पोष्टमार्टमका लागि कलैया अस्पताल लगिएको छ ।
मृतक परिवारलाई १ एक लाख दिने प्रदेश दुई सरकारले घोषण गरेको छ । विहानैबाट मौसममा आएको परिवर्तनका कारण चट्याङ पर्ने सम्भावना अझै रहेकाले सर्तक रहन जिल्ला प्रशासन कार्यालय बाराले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्