२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


समाज कल्याण परिषद्को जग्गामा विवाद, स्थानीयद्वारा विरोध


0
Shares

काठमाडौं । काठमाडौंको कात्यायनीमा रहेको समाज कल्याण परिषद्को जग्गामा विवाद भएको छ ।

समाज कल्याण परिषद्ले ६ रोपनी जग्गामा भवन निर्माण गर्ने तयारी गरेपछि स्थानीयले विरोध गरेका छन् ।

उनीहरुले परिषद्ले स्थानीय सरकार र स्थानीय बासिन्दासँग समन्वय नगरी भवन निर्माण गर्ने तयारी गरेको भन्दै विरोध जनाएका हुन् ।

सो जग्गामा भवन निर्माण गर्दा पानीका मुहान सुक्ने, त्यस क्षेत्रमा खुला ठाउँको अभाव हुने भएकाले कंक्रिट भवन बनाउन नदिने निर्णय गरेको स्थानीय सुरज भट्टराईले जानकारी दिए ।

स्थानीयवासीले भवन निर्माण गरे आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।