
धनकुटा । उद्घाटन गरिएको दुई हप्ता बितिसक्दा पनि धनकुटामा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन ।
धनकुटासहित कोशी पहाडका चार जिल्ला कार्यक्षेत्र रहने गरी गत वैशाख २९ गते प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईले कार्यालयको उद्घाटन गरेका थिए ।
कार्यालय उद्घाटन भएको दुई हप्ता बित्न लाग्दा पनि परिसरभित्र एउटा ब्यानर राख्ने कामवाहेक केही उपलब्धि भएको छैन ।
धनकुटा–४ देव्रेवासको स्वास्थ्य तालिम केन्द्रको भवनमा सो कार्यालय स्थापना गरिएको हो ।
कार्यालय स्थापना गर्न स्वास्थ्य तालिम केन्द्रले चार वटा कोठा भएको एउटा भवन उपलब्ध गराएको थियो ।
कार्यालय उद्घाटनको क्रममा धनकुटासहित कोशी पहाडका तेह्रथुम, भोजपुर र संखुवासभाका सेवाग्राहीलाई सवारीसाधन नवीकरण, इजाजतपत्र वितरण, सवारी साधन चालक अनुमतिपत्रलगायत सबै सेवा उपलब्ध गराउने जनाइएको थियो ।
यता भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरले कर्मचारी व्यवस्थापन र सफ्टवेयर डेभलपको काम भइरहेकाले सञ्चालनमा केही समय लागेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्