
कैलाली । कार्यकर्ताको हत्या गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दको सुदूरपश्चिममा पनि प्रभाव देखिएको छ ।
बन्दका कारण प्रदेशको अस्थायी राजधानी धनगढी बजार बन्द छ भने शैक्षिक सस्था समेत खुल्न सकेका छैनन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डागीले विहान पुर्वबाट आएका गाडीहरु स्कटीङमा ल्याईएपनि अहिले सार्वजनिक सवारी साधन पनि लगभग ठप्प रहेको बताए ।
बन्दका कारण धनगढीबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन । धनगढी लगाएत कैलालीका बिभिन्न बजार पूर्ण रूपमा बन्द रहेका छन ।
लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा धनगढी बसपार्कमा यात्रुहरू मर्कामा परेका छन । भारतबाट घर फर्किएकाहरू सबै भन्दा बढी प्रभावित भएका छन ।
ठुला सवारी साधन नचल्दा तिन पाङ्ग्रे सवारी मार्फत महँगोमा गन्तव्य सम्म पुग्न उनीहरू बाध्य छन ।
बन्दले ठुला सवारी साधन नचलेपछि मोटरसाइकल इ–रिक्सा लगायतमा साना सवारी साधन भने केही मात्रामा चलिहरेका छन ।
गत मंगलबार भोजपुर र खोटाङको सिमनामा पर्ने मैयुममा पार्टीको युवा संगठनका तीर्थराज घिमिरेलाई दोहोर भिडन्तको नाममा हत्या भन्दै विरोध कार्यक्रम सञ्चालन गरिरहेको पार्टीले आज नेपाल बन्दको घोषणा गरेको थियो ।
यसअघि घटनाको विरोधमा जेठ १० र ११ गते देशका विभिन्न स्थानमा भण्डाफोर र कोणसभाको आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्