काठमाडौं । इटालीयन लिग फुटबल सिरी ‘ए’ को अन्तिम खेलमा च्याम्पियन युभेन्ट्स पराजित भएको छ ।
युभेन्टसलाई गएराति भएको खेलमा साम्पडोरियाले २–० ले हराएको हो ।
घरेलु मैदानमा साम्पडोरियालाई विजयी गराउन ग्रिगोईर डिफ्रेल र जियानलुका काप्रारीले एक–एक गोल गरे ।
हारसँगै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको युभेन्ट्सले सिजनको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेन ।
यसअघि नै च्याम्पियन बनेको युभेन्ट्सले ३८ खेलबाट ९० अंक जोड्यो ।
यो सिजनको सिरी ए फुटबलबाट च्याम्पियन युभेन्टससँगै नापोली, एटलान्टा र ईन्टर मिलान पनि आगामी सिजनको युएफा च्याम्पियन्स लिग फुटबलका लागि छानिएका छन् ।
पाँचौ स्थानको एसी मिलान र छैटौं स्थानको ए.एस रोमा युरोपा लिगमा थन्किएका छन् ।








प्रतिक्रिया दिनुहोस्