
काठमाडौं, जेठ १२ । कालीमाटी तरकारी बजारका व्यवसायीलाई प्यान र भ्याटमा अनिवार्य दर्ताका लागि आपूर्ति व्यवस्थापन तथा तथा उपभोक्ता हित संरक्षण विभागले पटक पटक निर्देशन दिए पनि अझै पनि पूर्ण रुपमा कार्यानवयनमा आउन सकेको छैन ।
विभागले ०७५ असोजमा नै कालीमाटी तरकारी बजारमा बिल बिजक अनिवार्य गर्नुपर्ने र प्यानमा दर्ता हुनुपर्ने व्यस्था गरेको थियो । तर यहाँका कतिपय व्यवसायीहरुले अझै पनि बिल बिजक नै प्रयोग नगरी तरकारी बिक्री गर्ने गरेको पाईएको हो । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समिति भने सबै व्यवसायीहरुलाई आफुहरुले सरकारको नियमानुसार नै बिल बिजक राख्नका लागि निर्देशन दिएको बताउँदै आएको छ ।
समितिका प्रवक्ता विनय श्रेष्ठ बिल बिजक नहुनेमाथि तत्काल कारबाहीको व्यवस्था गरिएको दाबी गर्छन् ।
कतिपय व्यवसायी भने आफुहरुले बिल बिजक प्रयोग गर्ने गरे पनि ग्राहकहरुले नै बिल नखोज्ने एवं कसैकसैले मात्रा खोज्ने बताउँछन् ।
केही व्यवसायीहरु प्यानमा दर्ता भएको बिल समेत देखाउन मान्दैनन् ।
यो व्यवस्थालाई पूर्ण रुपमा कार्यान्यनमा ल्याई बजार व्यवस्थापन गर्न समिति अझै गम्भिर किसिमले लाग्नुपर्ने र उपभोक्ता स्वयं पनि सचेत हुनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्