
काठमाडौं, जेठ १२ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा, पर्साका उद्योगहरुले तिर्नुपर्ने विद्युत प्राधिकरणको करीब ३ अर्ब बक्यौता कानुनसम्मत देखिए तिनुपर्ने बताएका छन् ।
बाराको सिमरा विमानस्थलमा आईतबार पत्रकारहरुसँगको कुराकानीमा घिसिङले बाराका केही ठुला उद्योगले स्वीकृति नलिइ ट्रंकलाईन मार्फत २४सै घण्टा उपभोग गरेका विद्युतको महशुलमात्रै तिर्नुपर्ने स्पष्ट पारे ।
उद्योगीहरुले भने लोडसेडिङका समय आफुहरुले ट्रंकलाईनबाट बिजुली आपूर्ति गरे पनि आफ्नो उद्योगहरुमा समेत लोडसेडिङ भएको र जेनरेटर चलाउनुपरेको दाबी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्