२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


सनराइज बैंकको शाखारहित बैंकिङ सेवा चार स्थानमा बिस्तार


0
Shares

काठमाडौं, जेठ १२ । सनराइज बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्‍याउँदै जाने उद्देश्यका साथ एकैपटक ४ वटा शाखारहित बैंकिङ सेवा शुरू गरेको छ । 

बैंकले रुपन्देहीको पर्साहवा र ओमसतिया गाँउपालिका, मझौली, महोत्तरीको बर्दिवास, खयरमारा र सिराहाको रामपुर बजारमा शाखारहित बैंकिङ सेवा शुरू गरेको जनाएको छ । 

पोइन्ट अफ सेल्स मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।