नेकपा स्थायी समिति बैठक चौथो दिन पनि जारी, अध्यक्ष ओलीसँग जवाफ माग्ने तयारी • Image Khabar Image Khabar


नेकपा स्थायी समिति बैठक चौथो दिन पनि जारी, अध्यक्ष ओलीसँग जवाफ माग्ने तयारी


Imagekhabar
१६ असार २०७७, मंगलवार १२:०३

नेकपा स्थायी समिति बैठक चौथो दिन पनि जारी, अध्यक्ष ओलीसँग जवाफ माग्ने तयारी


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज(मंगलबार) चौथो दिन पनि जारी छ ।

असार १० गतेबाट सुरु भएको बैठक बीच बीचमा स्थगित हुँदै आज चौथो दिन छलफलमा जुटेको हो । गत तीन दिनका बैठकमा छलफलका लागि तय भएका सात एजण्डामध्ये सीमा समस्या समाधानमा केन्द्रीत रहेर नेताहरुले धारणा राखेका थिए ।

बैठकमा सीमाको एजेण्डामा केही सचिवालय सदस्यबाहेक धेरैले धारणा राखिसकेकाले आज थप सदस्यले आफ्नो धारणा राखी बाँकी एजेन्डामा प्रवेश गर्ने स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिनुभयो ।

बैठकमा कोरोना महामारी रोकथामको एजेण्डामा सरकारको कामकारबाहीको समीक्षा, खरिदका क्रममा भएका अनियमितता र भ्रष्टाचारका प्रकरणलगाएतमा छलफल हुने भएको छ ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाउन भारतसहित नेपालका नेताहरु लागिपरेको दाबी गरेकोमा ओलीइतरका नेताहरुले उहाँसँग जवाफ माग गर्ने तयारी समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्