बुटवल, असार १५ । रुपन्देहीको सैनामैना नगरपालिकामा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना कलौनी शान्तिटोलमा कपिलबस्तुबाट बुटवलतर्फ आउँदै गरेको कार र बिपरित दिशाबाट गईरहेको गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार सैनामैनाका ३० का सन्तोष परियार र उनका बुबा ५० वर्षिय टेक बहादुर परियार रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्