काठमाडौं । यो वर्षको जर्मन कप फुटबलको उपाधि बार्यन म्युनिखले जितेको छ ।
अघिल्लो हप्तामात्रै जर्मन बुन्डेस लिगाको उपाधि जितेको बायर्न म्युनिखले गएराति जर्मन कपको उपाधि पनि उचालेको हो ।
बायर्नले घरेलु फुटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको यो १२ औं पटक हो । गएराति बर्लिनमा भएको फाइनलमा आर.बी. लेप्जीगलाई ३–० ले हराउँदै बायर्नले जर्मन कपको उपाधि जित्यो ।
एकतर्फी खेलमा बार्यनका लागि रोबेर्ट लेवान्डोस्कीले दुई गोल गर्दा किंग्सले कोम्यानले अर्को एक गोल थपे ।
जितसँगै यो सिजनपछि बार्यन म्युनिख छोड्ने तयारीमा रहेका डच खेलाडी आर्यन रोबेन र फ्रेन्च खेलाडी फ्रांक रिवेरीको विदाई पनि सुखद् भएको छ ।








प्रतिक्रिया दिनुहोस्