
काठमाडौं, असार १५ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले पुर्खाहरुले जोगाएका साँस्कृतिक सम्पदाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
वि.स. २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौंको भाटभटेनीको सतल पुर्ननिर्माणका सोमबार शिलान्यास गर्दै रक्षामन्त्री पोखरेलले देश बनाउन धर्म, संस्कृति, सम्पदा, परम्परा जोगाउँदै जानुपर्ने बताउनुभयो ।
भाटभटेनीको मन्दिरसँगै जोडिएको सतल पुननिर्माणका लागि प्रदेश सरकारको समन्वयमा काठमाडौं महानगरपालिकालाई बजेट बिनियोजन गरिएको थियो ।
तर, समयमा काम अघि नबढेपछि भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले सतल निर्माणमा आफैंले आर्थिक सहयोग गर्ने जनाएपछि सतलको शिलान्यास गरिएको हो ।
सोही अवसरमा समाजसेवी गुरुङले समाज सेवाको हैसियतले आफूले संस्कृति र सम्पदाको जर्गेनाका लागि आफ्रूले यो कदम चालेको बताउनुभयो ।
उहाँले तीन पुस्ताका ग्राहक बनिसक्दासमेत हालसम्म निरन्तरता पाउनु नै भाटभटेनीको उपलब्धी भएको बताउनुभयो ।
सतलको पुननिर्माणको कार्य पुरानै शैलीमा बन्नेछ भने भक्तपुरका कालीगढहरुले सतल पुननिर्माणको जिम्मा लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्