१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025


दार्चुलामा पहिरोले घर पुरिँदा बाबु छोराको मृत्यु


0
Shares

बैतडी । दार्चुलामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर नौगाड गाउँपालिका ४ होपरीका २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा शुसान्त महताको मृत्यु भएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएर चन्द्रकी श्रीमती चनमति महता गम्भिर घाइते भएकी छन् । चनमतीलाई उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।

नौगाड गाउँपालिका ४ होपरीमा गएराती घरमाथि रहेको जलविद्युतको नहर भत्किदा पहिरो गएको हो । पहिरोको कारण अन्य तीन जनाको घरमा समेत पुरीएको छ ।