Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो


0
Shares

काठमाडौं, असार १४ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले आइतबार पछिल्लो २४ घण्टामा एक सय पाँच महिलासहित चार सय ६३ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको बताउनुभयो ।

पछिल्लो २४ घण्टामा मोरङका १७, झापाका २, उदयपुरका ६, इलामका १, सुनसरीमा १, जनकपुरमा १०, महोत्तरीका ५६, डडेलधुराका १, अर्घाखाँचीका ६, दार्चुलाका १, दोलखाका २, गोरखाका १, गुल्मीका १७, खोटाङका ४,रौतहटका १७, सर्लाहीका १, सिन्धुपाल्चोकका १ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गुल्मीका २०, कपिलवस्तुका २, धादिङका १, ललितपुरका १, बाजुराका ६३, कास्कीका ५, नवलपरासी पूर्वका ३१, बाग्लुङका २९, पर्वतका २, सल्यानका १, तनहुँका ६, लमजुङका १, म्याग्दीका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कपिलवस्तुका १, पाल्पाका २, प्युठानका ३५, गुल्मीका १ र रुपन्देहीका १२, दाङका ३४, कपिलवस्तुका ५, रोल्पाका १, बाजुराका ३३, रुकुम पश्चिम १, सल्यानका १, कैलालीका १७, डोटीका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

७७ वटै जिल्लामा फैलिएको कोरोनाबाट पछिल्लो २४ घण्टामा थप कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

१३ महिलासहित एक सय ७९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या तीन हजार १३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल ६१ हजार ७ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ७ सय ३१ जना आइसोलेसनमा रहेका छन् ।

रेडजोनमा आठ सय १४ जना रहेका छन् । हालसम्म २ लाख १५ हजार ८ सय ३९ वटा पीसीआर परीक्षण भएको छ ।

Skip This