
काठमाडौं, जेठ ११ । नेपाल निर्माण व्यवसायी महासंघले उत्कृष्ट २१ ओटा निर्माण कम्पनीलाई अवार्ड प्रदान गरेको छ ।
महासंघ, कन्स्ट्रक्सन टाइम्स इन्डिया र बिजनेस फर्मुलाले निर्माण सम्पन्न भएका र हुन बाँकी नेपाली २१ ओटा कम्पनीलाई ‘निक अवार्ड २०१९’ बाट सम्मानित गरेको हो ।
समयमै काम सम्पन्न गरेवापत सडकको ‘बेस्ट एक्जक्युटेड अवार्ड’ मुग्लिन–नारायणगढ सडकखन्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनले पाएको छ भने पुलतर्फको अवार्ड जलप नेपालले पाएको छ ।
निर्माण भइरहेको सान्जेन जलविद्युत् कम्पनीले ‘अन्डर कन्स्ट्रक्सन हाइड्रो इलेक्ट्रिक अवार्ड’ पाएको छ ।
उत्कृष्ट निर्माण कम्पनीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना अवार्ड प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्