२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


राजस्व परामर्श समितिले बुझायो प्रतिवेदन


0
Shares

काठमाडौं, जेठ ११ । आगामी आर्थिक वर्षको बजेट तयारीको अन्तिम चरणमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडालाई राजस्व परामर्श समितिले राजस्वसम्बन्धी प्रतिवेदन पेस गरेको छ ।

राजस्वसचिव लालशंकर घिमिरे संयोजकत्वको समितिले सरोकारवालासँगको विभिन्न चरणको छलफल र उपसमितिका सुझावपछि आफ्नो प्रतिवेदन बुझाएको जनाएको छ ।

राजस्व नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने नीति, कानुन र करका दर तथा संगठन संरचनामा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिइएको अर्थ मन्त्रलायले जनाएको छ ।

समितिले सातओटै प्रदेशका विभिन्न सहर र काठमाडौंमा पनि छलफल गरेर प्रतिवेदन तयार पारेको जनाइएको छ ।