
कपिलवस्तु, जेठ ११ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले यसै वर्षदेखि किसानलाई परिचयपत्र वितरण गरिने बताएका छन् ।
शनिबार कपिलवस्तुको पकडीमा आयोजित कार्यक्रममा उनले सात प्रदेशका सात जिल्लामा किसान वर्गीकरण परिचयपत्र लागू गरिने बताएका हुन् ।
परिचयपत्रले किसानको वर्ग पहिचान हुनुका साथै किसानले किसान कल्याण कोषको सेयर पाउने मन्त्री खनानको भनाइ छ ।
परिचयपत्रले किसानलाई ३ प्रतिशत ब्याजमा ऋण लिन र किसान कल्याण योजनाअन्तर्गत् पेन्सनको व्यवस्था गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्