
काठमाडौं, जेठ ११ । कीर्तिमानी आरोही कामीरिता शेर्पा २४औंपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर शनिबार काठमाडौं फर्किएका छन् ।
यही जेठ १ गते २३औंपटक सगरमाथाको सफल आरोहण गरेका कामीरिताले गएको मंगलबार (जेठ ७ गते) फेरि सगरमाथाको सफल आरोहण गरी २४औं पटक शिखर चुम्ने नयाँ कीर्तिमान कायम गरेका हुन् ।
४९ वर्षीय कामीरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही हुन् ।
आफूले कायम गरेको कीर्तिमान आफैंले तोड्दै उनले नयाँ विश्व कीर्तिमान बनाएका भएका हुन् ।
सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामीरिताको २५ पटक सगरमाथाको शीर चुम्ने लक्ष्य छ ।
२५ पटक सगरमाथा चढ्ने धोको
यसैबीच, शनिबार इमेज समाचारसित कुरा गर्दै कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नो सगरमाथा चढ्ने रहर पूरा नभएको बताएका छन् ।
उनले २५ पटक सगरमाथा चढ्ने धोको रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्