२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


रसुवामा जलयात्रा : पैरेवेशीदेखि भैंसेसम्म र्‍याफ्टिङको संभावना(भिडियो)


0
Shares

-मनिता कोइराला/ईमेज

रसुवा । रसुवाको पैरेवेशीबाट नुवाकोटको भैंसेसम्म र्‍याफ्टिङ सञ्चालन गर्न सकिने देखिएको छ ।

नुवाकोट र रसुवाका विभिन्न संघसंस्थाले गरेको प्रारम्भिक अनुसन्धानले पर्यटन विकासका लागि र्‍याफ्टिङ गतिलो आधार बन्न सक्ने निष्कर्ष निस्किएको हो ।

नुवाकोट–रसुवा पर्यटन समाज, उत्तरगयाँ गाँउपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा रसुवाको पैरेबेसीदेखि नुवाकोटको भैँसेसम्म सुपर त्रिशुली र्‍याफ्टिङको प्रारम्भिक अध्ययन गरिएको हो ।

र्‍याफ्टिङ सञ्चालनबाट पर्यटन विकासका लागि ठूलो आधार बन्ने आँकलन अनुसार यस क्षेत्रमा प्राविधिक रुपमा अध्ययन गरिएको हो ।

प्रतिनिधिसभाका सदस्य बहादुरसिंह लामाले नुवाकोट रसुवाको पर्यटन क्षेत्रको विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

नुवाकोट र रसुवामा धेरै संभावना भए पनि प्राविधिक रुपले केही पछाडी परेको भन्दै यस्ता गतिविधिले दुवै जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

पर्यटन बोर्डका सदस्य दिपक महतले नुवाकोट र रसुवामा र्‍याफिटङ व्यवसायको प्रचुर सम्भावना रहेको बताए ।

उनले पानीको बहाव बढेमा देविघाटसम्मै सञ्चालन गर्न सकिने सम्भावना देखिएको जानकारी दिए ।

नेपाल जलयात्राका लागि निकै सम्भावना भएको मुलुक हो । त्यसमध्ये नुवाकोट र रसुवाका नदी पनि जलयात्राका लागि उपयोगी सावित भएको अध्ययनले देखाएको छ

सरकारले अहिलेसम्म नेपालका १६ वटा नदीमा मात्रै जलयात्राको अनुमति दिएको छ । तीमध्ये त्रिशुली, भोटेकोसी, गण्डकी प्रमुख नदी हुन् ।