
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ अर्ब अमेरिकी डलरबराबरका हतियार साउदी अरेबियालाई बेच्ने घोषणा गरेका छन् ।
इरानसँग तनाव बढ्दै गएका बेला अमेरिकाले साउदीलाई अर्बौं डलर बराबरका हतियार बेच्ने भएको हो । राष्ट्रपति ट्रम्पले हतियार बेच्ने प्रक्रियामा समेत कंग्रेसलाई बाइपास गरेका छन् ।
संघीय कानुनअन्तर्गत निकै दुर्लभ रुपमा मात्रै प्रयोग हुने पक्षमार्फत ट्रम्पले हतियार बेच्ने प्रक्रियामा कंग्रेसलाई बाइपास गरेका हुन् ।
सामान्य रुपमा हतियारको कारोबारसम्बन्धी प्रस्ताव सुरुमा कंग्रेसबाट स्वीकृत गराउनुपर्छ ।
इरानसँग तनावका कारण राष्ट्रिय सुरक्षामा चुनौती थपिएकाले यस्तो गरिएको ट्रम्पले दाबी गरेका छन् ।
अमेरिकी हतियार किन्न लागेको साउदी अरेरिया इरानको चिरप्रतिद्वन्द्वी हो । तर हतियार सर्वसाधारण नागरिकमाथि प्रयोग हुन सक्ने खतरा रहेको भन्दै विभिन्न पक्षले चासो र चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकाले संयुक्त अबर इमिरेट्स (युएई) तथा जोर्डनलाई पनि हतियार बेच्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्