२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


सगरमाथाको उचाइ नापेर फर्किएका कर्मचारीलाई मन्त्रालयको बधाइ


0
Shares

काठमाडौं, जेठ १० । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सगरमाथाको उचाइ मापन गर्ने ऐतिहासिक काम गर्न नेपाल सफल भएको जनाएको छ ।

सगरमाथाको उचाइ नापेर फर्किएका निजामती कर्मचारीसहितको टोलीलाई स्वागत एवं बधाइ दिँदै मन्त्रालयले नेपालले पहिलोपटक सगरमाथाको उचाइ मापन गरी ऐतिहासिक काम गरेको जनाएको हो ।

मन्त्री पद्मा अर्यालले यो कार्यले नेपालको प्रतिष्ठासमेत बढाएको बताइन् ।

राष्ट्रिय गौरव तथा अन्तर्राष्ट्रिय चासोकारुपमा रहेको सगरमाथाको उचाइ मापनकार्यका लागि सन्चालित विविध स्थलगत सर्वेक्षणकार्य करिब अन्तिम चरणमा पुगेको जनाइएको छ ।

साथै, शिखरको परम्परागत विधि तथा आधुनिक विधि तथा स्थलगत भू–आकर्षण सर्वेक्षण गर्ने काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले छिट्टै सगरमाथाको उचाइबारे स्पस्ट पारिने बताए ।

वि.सं. २०७२ सालको विनाशकारी भूकम्पपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने भन्दै सरकारले उचाइ नाप्नेकार्य अगाडि बढाएको थियो ।

सगरमाथाको उचाइ नाप्न खिमलाल गौतम, रविन कार्कीसहित अरु चारजना सहयोगीसहितको टोलीले जेठ ८ गते सगरमाथाको आरोहण गरी सर्वेक्षण गरेको थियो ।