
काठमाडौं, जेठ १० । प्रधानमन्त्री रोजगार कार्यक्रम सन्चालनका लागि त्रिपक्षीय समझदारी भएको छ ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा केन्द्र सरकार, ३ नम्बर प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधिहरुले सामूहिकरुपमा त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
रोजगार सेवा केन्द्रको सन्चालन, अनुदान र वित्तीय अनुशासन तथा लेखापरीक्षणसम्बन्धी तीनबुँदे त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगारीलाई प्राथमिकतामा राखेको र थप पाँच लाख व्यक्तिलाई रोजगारीको अवसर दिने बताए ।
स्थानीय तहहरुमा रोजगारीको सिर्जना गरिने भन्दै जनप्रतिनिधिहरुलाई शिक्षा र स्वास्थ्यसहित जनचेतना जगाएर रोजगारी दिन उनले आग्रह गरे ।
१०० दिनको रोजगारीलाई बाहैै्र महिना बनाउने र र सामाजिक सुरक्षाको दायरा बढाउने तयारी सरकारले गरेको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्