
चितवन, जेठ १० । भरतपुरमा शुक्रबार अपराह्न गोली चल्दा एकजना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२९, जुगेडीमा गोली चल्दा सोही ठाउँ निवासी ३८ वर्षीय सुकबहादुर चेपाङ घाइते भएका हुन् ।
मध्याह्न १२ बजे घरनजिकै जंगलमा घाँस काट्न जाँदा गोली लागि चेपाङ घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता दुर्गाराज रेग्मीकाअनुसार घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टाको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ ।
कसले–कतिखेर–के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्