२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


भारतले दशगजामा निर्माण गरेको पोस्ट सशस्त्रले हटायो


0
Shares

हरि शर्मा (इमेज)

नवलपरासी, जेठ १० । पश्चिम नवलपरासीको सीमा क्षेत्रमा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्र अतिक्रमण गरेर निर्माण गरेको अस्थायी पोस्ट सशस्त्र प्रहरीले हटाएको छ ।

सुस्ता गाउँपालिका–५, बलिनगर सीमामा पर्ने दशगजा क्षेत्रको बीचभागमा पर्नेगरी एसएसबीले अस्थायी पोस्ट निर्माण गरेको समाचार गएको मंगलबार इमेजखबरमा प्रकाशित भएको थियो ।

समाचार प्रकाशितलगत्तै पोस्ट हटाउनका लागि सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर नम्बर–२६ ले भारतीय एसएसबीसित संवाद अघि बढाएको थियो ।

लामो समयदेखि अस्थायी पोस्ट निर्माण गरेर एसएसबीहरुले नेपाली भू–भागमा हतियारसहित चेकजाँच गर्दै आएका थिए ।

सीमा क्षेत्रका भारतीय एसएसबीका कमान्डरसितको संवाद र छलफलपछि शुक्रबार उक्त पोस्ट हटाइएको सशस्त्र प्रहरी उपरीक्षक गहार्धन राईले जानकारी दिए ।

एसएसबीले पोस्टअगाडिको नेपाली भू–भागमा बसेर हतियारसहित चेकजाँच गर्ने गरेका थिए ।

यसअघि पनि एसएसबीले जिल्लाका विभिन्न सीमा क्षेत्रमा पोस्ट निर्माण गर्दै आएकोमा सशस्त्रले स्थानीयस्तरको छलफलबाट हटाउँदै आएको छ ।