२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


दैलेखको पातल खोलामा ट्रक खस्यो, ३ जनाको मृत्यु


0
Shares

दैलेख । कर्णाली राजमार्गअन्र्तगत दैलेखको गुराँस गाउँपालिका वडा नम्बर १ पातल खोलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दैलेखबाट सुर्खेत जाँदै गरेको ट्रक सडकबाट करिब १ सय ५० मिटर तल खसेको हो । ट्रक पूर्णरुपमा जलेको अवस्थामा रहेको छ ।

दुर्घटनाका मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनाको कारण बारे थाहा हुन सकेको छैन ।

घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको दैलेख जिल्ला प्रहरी कार्यालले जनाएको छ ।