२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


१० किलोमिटर ग्रामीण सडक कालोपत्रे गर्न २४ करोड


0
Shares

सिन्धुली । सिन्धुलीको ग्रामीण सडकको कालोपत्र गर्न सुरु भएको छ ।

वीपी राजमार्गबाट सिन्धुलीगढी हुँदै सुनकोशी गाउँपालिकाको नागी मझुवासम्मको ग्रामीण सडक कालोपत्रे गर्न थालिएको हो ।

पूर्वाधार विकास कार्यालयले कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकाको सिमा क्षेत्र जलकन्या चपौलीमा गरेको कार्यक्रममा सिन्धुली क्षेत्र नम्बर २ का सांसद हरिबोल गजुरेलले सडक कालोपत्रे शुभारम्भ गरे ।

प्रदेश नं. ३ सरकारको आर्थिक सहयोगमा पूर्वाधार विकास कार्यालयले सिन्धुलीगढी–मझुवा–काफलचौरी–दुम्जा सडक आयोजना सम्पन्न गर्न बजेट विनियोजन गरेको थियो ।

२४ करोड ४ लाख रुपैयाँको लागतमा १० किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो ।

वीपी राजमार्गस्थित सिन्धुलीगढी हुँदै कमलामाई नगरपालिका वडा नं २ जलकन्याबाट सुनकोशी गाउँपालिकाको नागी मझुवासम्म ड्रेनसहित ८ मिटरको चौडासडकको कालोपत्रे गर्ने जिम्मा लुम्बिनी आत्रेय जेभीले पाएको छ ।

निर्माण कम्पनीले ६ महिनाभित्र सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने बताइएको छ ।