
हेटौंडा । मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–२ को कालापानीमा गए राती वर्षासँगै परेको चट्याङले दुई जनाको मृत्यु भएको हो ।
चट्याङले १७ वर्षीया सम्झना घिसिङको घटनास्थलमा नै मृत्यु भएको हो भने २५ वर्षीया बिना घिसिङको उपचारका क्रममा स्थानीय दोभान स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएका १३ वर्षीय किरण जिम्बाको स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्