२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु


0
Shares

सिरहा । सिरहाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गएराति बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २५ जना घाइते भएका छन् । पूर्वबाट काठमाडौं आउँदै गरेको ना. ८ ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३ ख ४२६४ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक दुवैको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।