Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजबाट हुँदै


0
Shares

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले आज प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटन खेल काठमाडौंको कीर्तिपुर मैदानमा हुनेछ ।

आयोजक राष्ट्रिय खेलकुद परिषद्ले यसअघि मुलपानी क्रिकेट मैदानमा उद्घाटन गर्ने बताए पनि अन्तिम समयमा आएर आयोजनास्थल परिवर्तन गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा आज हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र प्रदेश नं २ भिड्नेछन् ।

आजै मूलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश नं १ बीचको खेल हुनेछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । यी १० टोलीलाई दुई समुहमा विभाजन गरिएको छ ।

हरेक समुहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।