
उदयपुर, असार १० । उदयपुरको बेलटार–कम्पुघाट, तामा भन्ज्याङ–सोलु–सल्लेरी सडकको स्तरोन्नतिको काम सुरु गरिएको छ ।
फागुनको अन्तिम साता टेन्डर प्रक्रिया पूरा भएको सडक वर्ल्डवाइड र रामसागर जेभीले निर्माणको जिम्मेवारी पाएका छन् ।
तीन करोड ३३ लाख आठ हजार रुपैयाँमा सडक निर्माण सम्पन्न गरिने बताइएको छ ।
मदन भण्डारी लोकमार्ग खत्रीटोल खण्डको बेलटार प्रवेशद्वारबाट बेलटारबजार, बीपीचोक हुँदै वीरेन्द्रबजार खण्ड ‘अस्फाल्ट’ गरिने छ ।
संघीय सरकार, भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा हुन लागेको काम ५० प्रतिशत पनि हुन नसक्ने जनप्रतिनिधिहरुको भनाइ छ ।
‘लकडाउन’का कारण अन्तिम समयमा सम्झौता भएको पूर्वाधार कार्यालय तथा साइड इन्जिनियर रमेश कार्कीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्