
काठमाडौं, जेठ ९ । आगामी सातादेखि तातोपानी नाका खुल्ने भएको छ ।
नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले विनाशकारी भूकम्पले क्षति पुर्याएको तातोपानी नाका अर्को हप्ता खुल्ने बताएकी हुन् ।
धेरै खतरा र चुनौतीका बाबजुद् निर्माणकार्य सम्पन्न भएकाले अर्को हप्ता तातोपानी नाका खुल्ने उनको भनाइ छ ।
सुरुमा तातोपानी नाकाबाट मालवाहक सवारी–साधन आवत–जावत गर्ने दूतावासले जनाएको छ ।
बिहीबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा राजदूत यान्छीले चीनले नेपालसम्म रेलमार्ग बनाउन कठिन रहेपनि नेपालसम्म रेल ल्याउन चीन सरकार प्रतिबद्ध रहेको पनि बताएकी थिइन् ।
क्रस बोर्डर रेलवे लाइन निर्माण भौगोलिकरुपमा धेरै कठिन र खर्चिलो रहेकाले यसमा थप विस्तृत् एवं वैज्ञानिक अध्ययन आवश्यक रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्