
काठमाडौं । सुनको मूल्य पुनः बढेको छ ।
आज छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाला सुनको मूल्य तोलामा ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य तोलामा पाँच सय पाँच रुपैयाँले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो तेजाबी सुनको मूल्य तोलामा ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर आज ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्