Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


प्रदेश–५ को नीति तथा कार्यक्रम सार्वजनिक


0
Shares

बुटवल, जेठ ९ । प्रदेश नम्बर–५ को सरकारले कृषि र औद्योगिक विकासलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ ।

प्रदेश सरकारले आन्तरिक स्रोत बढाउने, आर्थिक विकासका लागि लगानी सम्मेलन र कृषिको आधुनिकीकरण तथा यान्त्रीकरणलाई जोड दिने लक्ष्य राखेको छ ।

कृषिजन्य उद्योग र त्यसमा युवा जनशक्तिलाई प्रोत्साहित गर्दै कृषि उपकरण खरिद गर्न सरल कर्जा र सिन्चित क्षेत्र विस्तार गर्ने उद्देश्य प्रदेश–५ को रहेको छ ।

यस्तै, तीन वर्षभित्र सबै जनतालाई आधारभूत खानेपानी र विद्युत् सेवा पुर्‍याउने लक्ष्यसमेत राखेको छ ।

सरकारका तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेशप्रमुख उमाकान्त झाले सरकारी, निजी र सहकारीको साझेदारीमा योजनाहरु कार्यान्वयन अघि बढाइने उल्लेख गरेका छन् ।

प्रदेशको स्थायी राजधानी र नाम आगामी आर्थिक वर्षभित्रै टुंगो लगाउने प्रस्ताव नीति तथा कार्यक्रममा गरिएको छ ।