५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


छथर जोरपाटी गाउँपालिकामा ‘पेश्की शून्य’ अभियान सुरु


0
Shares

धनकुटा, जेठ २३ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले यो वर्षबाट ‘पेश्की शून्य’ अभियान सुरु गरेको छ ।

अग्रीम भुक्तानी अर्थात् पेश्की रकम लिएपछि फछ्र्यौट गर्न चासो नदिएका कारण वेरुजु बढ्न थालेपछि ‘पेश्की शून्य’ अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

पेश्की दिने प्रथालाई निरुत्साहित गर्दै कामका आधारमा भुक्तानी दिन थालिएको गाउँपालिकाले जनाएको छ । अहिले सरकारको नीति अनुसार सम्झौता भएको कुल बजेटमध्ये ३३ प्रतिशत रकम पेश्की बापत लिने व्यवस्था छ ।

तर योजना सम्झौता गरेपछि अग्रीम भुक्तानी अर्थात पेश्की रकम नदिइ कामका आधारमा मूल्यांकन गरी भुक्तानी दिइने छथरजोरपाटी गाउँपालिकाका योजना प्रमुख उपेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

पेश्की शून्य अभियानले सरकारी बेरुजु हुने क्रम रोकिने र काम पनि तोकिएको समयभित्र सम्पन्न भइसक्ने गाउँपालिकाको अपेक्षा छ ।

छथरजोरपाटी गाउँपालिकामा चालू आर्थिक वर्षका लागि २२ करोड २३ लाख ९६ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।

विनियोजित रकमबाट चालू आर्थिक वर्षमा ३ सयको हाराहारीमा योजना तथा कार्यक्रम संचालित छन् ।