
काठमाडौं, जेठ ९ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नयाँ संरचनाअनुरुपको कानुन निर्माणमा अझै ढिलाइ हुनसक्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको सरकारी आश्वासन समितिको बैठकमा उनले संघीयताको भावना र मर्मअनुसारको कानुन बनाउन केही समय लाग्ने बताएका हुन् ।
कानुनमन्त्री ढकालले पुराना कानुन संशोधन गर्दै नयाँ कानुन बनाउनुपरेकाले सरोकारवाला पक्षहरुसँग छलफल जारी रहेको बताए ।
छलफलमा सहभागी कानुनविद्हरुले विधिको शासन कायम गर्न संसद र संसदअन्तर्गत्का समितिहरुले छिटो साथ काम गर्नुपर्ने सुझाव दिएका थिए ।
कानुन निर्माणमा सम्बन्धित मन्त्रालयका सचिव र पदाधिकारीहरुको पनि सुझाव लिनुपर्नेमा उनीहरुको जोड थियो ।
समितिले मन्त्रालय, आयोग, कानुनविद्, संवैधानिक निकाय र विषयगत समितिका पदाधिकारीहरुलाई छलफलका लागि डाकेको थियो ।
प्रतिक्रिया दिनुहोस्