२७ श्रावण २०८२, मंगलबार | Wed Aug 13 2025


नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर


0
Shares

काठमाडौं । नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ ।

नेपालको तर्फबाट उर्जामन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा अनुभव आदान–प्रदान गर्ने सहमती भएको छ ।

परियोजनाहरुको पहिचान गरी संयुक्त कार्यसमुह बनाएर काम गर्ने समझदारीसमेत बनेको उर्जा मन्त्रालयले जनाएको छ ।

६० प्रतिशत उर्जाको स्रोत जलविद्युत रहेको अष्ट्रिया जलविद्युत क्षेत्रको प्रविधिका लागी समेत विश्वमा प्रसिद्ध छ ।