३० असार २०८२, सोमबार | Tue Jul 15 2025


सुन तोलामा चार सयले घट्यो


0
Shares

काठमाडौं । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा आज चार सयले घटेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९१ हजारमा कारोबार भएकोमा आज सोही परिमाणको पहेँलो धातुको मूल्य ९० हजार ६०० कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला तेजाबी सुनको मूल्य ९० हजार १६० कायम भएको छ भने सोही परिमाणको चाँदी ९४० मा खरिदबिक्री भइरहेको छ ।

बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो ।