
बर्दिया, असार ७ । पर्वतमा २१ बर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा सडक निर्माण कम्पनीका साइड इञ्चार्ज पक्राउ परेका छन ।
जलजला गाउँपालिका वडा नं. ४ का ३२ बर्षिय रविन जिसी पक्राउ परेका हुन ।
जिसीले गत जेठ १६ गते जलजला गाउँपालिका वडा नं. ७ धाइरिङ्गमा आफुलाई बलात्कार गरेको भन्दै युवतीले गत शुक्रवार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पक्राउ परेका जिसी जलजला गाउँपालिकामा निर्माणाधिन मिलनचोक धाइरिङ ठोट्नेरी सडकका साइड इञ्चार्ज हुन ।
उनलाई प्रहरीले उजुरी परेकै दिन नियन्त्रणमा लिई बेनी अस्पतालमा स्वास्थ्य परिक्षण गराएर हिरासतमा राखेको छ ।
आइतबार जिसीलाई थप हिरासतमा राख्नका लागि जिल्ला अदालतबाट अनुमति लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्