
नुवाकोट, जेठ ८ । जिल्ला वन कार्यालय नुवाकोटले विदुर नगरपालिका–२ को वनदेवी सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घरटहरा खाली गर्न निर्देशन दिएको छ ।
कार्यालयले १० दिनभित्र सामुदायिक वनको अतिक्रमित जग्गा खाली नगरे बल प्रयोग गरेर भए पनि अवैधानिक रुपमा बनाइएका घरटहरा हटाउने चेतावनी दिएको हो ।
निमित्त डिभिजन वन अधिकृत राजकुमार यादवले अतिक्रमण गरेर घर टहरा बनाउनेहरुले नै जग्गा खाली नगरे बल प्रयोग गरेर कार्यालयले हटाउने जानकारी दिए । उनले विना ईजाजत अवैध तवरले घर टहरा निर्माण गरी बसेकाहरुलाई अतिक्रमित क्षेत्र छोड्न निर्देशन दिइएको बताए ।
वनदेवी र जिल्ला प्रशासन कार्यालयअगाडि अतिक्रमण गरी बनाइएका झन्डै एक दर्जन घरटहरा रहेको जिल्ला वन कार्यालय नुवाकोटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्