द्वन्द्वकालको बम सेनाद्वारा निष्क्रिय • Image Khabar Image Khabar


द्वन्द्वकालको बम सेनाद्वारा निष्क्रिय


Imagekhabar
३ चैत्र २०७२, बुधबार ०३:२७

द्वन्द्वकालको बम सेनाद्वारा निष्क्रिय

नवलपरासी, चैत ३ । नवलपरासीको पहाडी धुर्कोट गाविस–६ स्थित गाउँ नजिकैको जङ्गलमा फेला परेका तीनवटा सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ ।

मङ्गलबार गाउँ नजिकैको जङ्गलमा फेला परेका एउटा सिङ्गल र दुई थान डबल सकेट बमलाई बज्रदल गणबाट सहसेनानी सबिन रायमाझीको नेतृत्वमा गएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।
द्वन्द्वकालमा लुकाएर राखिएको हुनसक्ने अनुमान गरिएको एक थान सिङ्गल र दुई थान डबल सकेट बम स्थानीयवासीले देखेपछि सञ्चारकर्मी र प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै नेपाली सेनाको टोली घटनास्थलमा नै पुगी बम डिस्पोज गरेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्