काठमाडौं, जेठ ७ । नेपाल प्रहरीले आफ्नो क्लबबाट प्रदेश नम्बर–५ मा भएको आठौं राष्ट्रिय खेलकुदका पदक विजेता तथा कीर्तिमान राख्न सफल खेलाडीहरुलाई सम्मान गरेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पदक जित्न सफल खेलाडीहरुलाई मंगलबार राजधानीमा कार्यक्रम गरी नगदसहित सम्मान गरेका हुन् ।
प्रहरीले राष्ट्रिय कीर्तिमान राख्नेलाई जनही तीन हजार रुपैयाँ, स्वर्णपदकधारीलाई पाँच हजार, रजतपदकधारीलाई तीन हजार र कास्यपदक जित्न सफल खेलाडीहरुलाई दुई हजार रुपैयाँसहित सम्मान गरेको हो ।
आठौं राष्ट्रिय खेलकुदमा नेपाल पुलिस क्लबका १५ खेलाडीले राष्ट्रिय कीर्तिमान राखेका थिए ।
सो प्रतियोगितामा पुलिसले ५९ स्वर्ण, ५० रजत र ४५ कास्यपदक जितेको थियो ।








प्रतिक्रिया दिनुहोस्