Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


ठग्दै हिँड्ने पक्राउ


0
Shares

वीरगन्ज, चैत ९ । जिल्ला प्रहरी कार्यालय पर्साले राजश्व अनुसन्धान विभाग पथलैयाको सहायक कार्यालय प्रमुख बनेर ठगी गर्दै हिँड्ने शैलेन्द्रकुमार सिहंलाइ मंगलबार पक्राउ गरेको छ ।

सिराहा जिल्ला कल्याणपुर गाउँ विकास समिति–९ घर भइ वीरगन्ज–१० मा डेरा गरी बस्दै आएका सिंहले लिलामीका गाडी सस्तोमा मिलाइदिने भन्दै जनकपुर– १४ घर भइ वीरगन्ज–१५ मा बस्दै आएका मोहनकुमार साहबाट दुई लाख ५० हजार ठगी गरेको खुलेको जनाइएको छ ।

साथै, सिंहको सहयोगीकोरुपमा संलग्न पर्सा पर्सौनीभाठा गाविस– २ बस्ने २२ वर्षीय सतिशकुमार कलवारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले पतञ्जली योगपीठको म्यानेजर बनेर जागिर लगाउने प्रलोभन देखाएरसमेत ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको पर्साका प्रहरी प्रमुख राजुबाबु श्रेष्ठले बताए ।