Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


२०० ओटा वेबसाइट ह्याक गर्ने १८ वर्षीय नेपाली ह्याकर्स पक्राउ


0
Shares

काठमाडौं, चैत १० । राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालयको वेबसाइट ‘ह्याक’ गर्ने व्यक्ति पक्राउ परेका छन् ।

तनहुँ, बन्दीपुर घर भइ हाल काठमाडौंको बालाजु हाइटमा बस्दै आएका १८ वर्षीय विकास पौडेललाई महानगरीय अपराध महाशाखाको टोलीले चैत ७ गते सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

महाशाखामा परेको उजुरीको आधारमा छानबिन गर्दै जाँदा वेबसाइड ह्याक गर्ने ह्याकर्सले ‘Anon ymous #Opnep’ प्रयोग गरेर ह्याक गरेको देखिन आएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा निज विकास पौडेलले राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, दुग्ध विकास संस्थान, नेपाल दूरसन्चार संस्थानका केही प्रयोगकर्ताको विवरण एवं विभिन्न शैक्षिक संस्थालगायत करिब २०० ओटा वेबसाइट ह्याक गरेको बुझिन आएको महाशाखाले जनाएको छ । रासस