
सुनसरी, चैत ११ । सुनसरीको इटहरीमा विहीबार भएको ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
दुर्घटनामा चितवनका २५ वर्षीय गौरवराय क्षेत्री र नामथर नखुलेका अन्दाजी २२ वर्षका अर्का एक पुरुषको मृत्यु भएको हो ।
उनीहरु दुबैजनाको जिल्ला अस्पताल सुनसरीमा उपचारकाक्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक मेघराज अधिकारीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
ट्याक्टर अनियन्त्रित भइ पूर्व पश्चिम राजमार्गको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्