२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


‘लोकसेवा परीक्षा अब नयाँ प्रणालीअनुसार’


0
Shares

काठमाडौं, चैत ११ । लोकसेवा आयोगले अहिलेसम्म लिने गरिएको परीक्षा परम्परागत् भएको भन्दै ज्ञानमामात्रै आधारित नभइ नेतृत्व क्षमता र सिर्जनशीलतालगायतका गुणहरुहरुकोसमेत परीक्षण हुने गरी परीक्षा लिने तयारी भइरहेको जनाएको छ ।

आयोगमा पदाधिकारी नियुक्तिको एक वर्ष पुगेको अवसरमा विहीबार राजधानीमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेश मैनालीले आगामी वर्ष लिइने सहसचिव नियुक्तिको परीक्षा नयाँ प्रणालीअनुसार हुने जानकारी दिए ।

उनले विकट जिल्लाका मानिसहरुले पनि समान अवसर पाउनुपर्ने भन्दै डोल्पा, हुम्ला र सिरहामा पनि आयोगको कार्यालय स्थापना गरिने बताए ।

सबैस्तरका परीक्षाका उत्तरपुस्तिका आयोगको कार्यालयमै परीक्षण गर्ने व्यवस्था पनि सुरु गरेको जानकारी दिँदै मैनालीले सार्वजनिक संस्थाहरुको परीक्षा पनि लोकसेवाबाट नै गराउनुपर्ने पनि बताए ।