१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


छथर संग्रहालयमा पृथ्वीनारायणको दस्तावेजदेखि लिम्बूहरुको हतियारसम्म (भिडियोसहित)


0
Shares

रत्नप्रसाद आचार्य
सुनसरी, चैत ११ । सुनसरीको धरानमा लिम्बू समुदायका अगुवाहरुले निर्माण गरेको छथर संग्रहालयमा आउनेहरुको संख्या बढ्दो छ ।

पूर्वगोर्खा मेजर झप्तमान खजुम पारघरीले स्वर्गीय आमा–बुबाको नाममा स्थापना गरेको सानबहादुर–कुमती खजुम पारघारी संग्रहालयको अवलोकन गर्न देश–विदेशबाट ठूलो संख्यामा मानिसहरु आउन थालेका छन् ।

धरान–१५ मा स्थापना गरिएको छथर संग्रालयमा राजा पृथ्वीनारायण शाहले युद्धको समयमा प्रयोग गरेका ऐतिहासिक दस्तावेजदेखि लिएर प्राचीन मुद्रा, लालमोहोर र हातहतियार राखिएका छन् ।

नेपाल एकीकरण गर्दा पृथ्वीनारायण शाहले लिम्बूहरुसँग गरेको सम्झौताको दस्तावेज र लिम्बूहरुले राज्य सन्चालन गर्दाका हातहतियारलगायत् पुरातात्विक महत्वका सामग्री राखिएको संग्राहलयका निर्माणकर्ता झप्तमान खजुम पारघरीले जानकारी दिए । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।